logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभाको बैठकमा एमालेको नारावाजी, १५ मिनेटका लागि स्थगित


अंकुरण खबर
871
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राखेको छ ।

बैठक शुरू गर्न खोज्दा एमालेले अवरूद्ध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

नेकपा एमालेका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, संसद्मा बल प्रयोग गर्न पाइँदैनजस्ता नारा लगाएर बैठक अवरूद्ध गरेका थिए ।