logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलमको रिटमाथि आज पनि सुनुवाइ नहुने


अंकुरण खबर
1.378K
Shares

पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दामा आज ९शुक्रबार० पनि सुनुवाइ नहुने भएको छ।

हाल नक्खु कारागामा पुर्पक्षका लागि थुनामा रहेका उनले थुनामुक्त भई साधारण तारेखमा मुद्दा लड्न पाऊँ भन्दै एक वर्षअघि नै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

सोही रिट निवेदनमाथि आज सुनुवानइका लागि न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी चढेको थियो। तर न्यायाधीश फुयालले हेर्न नमिल्ने भएपछि सो रिटमाथि सुनुवाइ हुन नसकेको सर्वोच्च प्रशासनको भनाइ छ।

रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा उनलाई थुनामा राखिएको हो। रिट निवेदन नौ पटक पेशीमा चढिसकेको भए पनि कुनै न कुनै कारणले अहिलेसम्म सुनुवाइ हुन सकेको छैन।