logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले सांसदको नाराबाजीबीच बजेटसम्बन्धी तीनै अध्यादेश प्रतिनिधिसभामा पेश


अंकुरण खबर
1.404K
Shares

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभामा बजेटसम्बन्धी तीनवटै अध्यादेश पेश भएका छन् ।

एमाले सांसदहरूको अवरोध छल्दै रोस्ट्रममा पुगेका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ सदनमा प्रस्तुत भएका हुन् ।

नेमकिपा सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उनले रोस्ट्रममै उभिएर प्रस्ताव प्रस्तुत गर्ने अनुमति सभामुखसँग मागेका थिए । सभामुख सापकोटाले यथास्थानबाट प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । तर, सांसद सुवालले आफ्नो प्रस्ताव प्रस्तुत नगरी अन्य विषयमा आफ्ना धारणा राखेका थिए ।

त्यसबीचमा सभामुख सापकोटा र सांसद सुवालबीच सवालजवाफ चलेको थियो । उनका प्रस्ताव सभामुख सापकोटाले सदनमा निर्णयार्थ प्रस्तुत गरे । र, बहुमतले अस्वीकृत भएको घोषणा गरे ।

त्यसपछि सभामुख सापकोटाले तीनवटै अध्यादेश स्वीकृत हुने प्रस्ताव सदनमा प्रस्तुत गरे । र, बहुमतबाट स्वीकृत भएको घोषणा गरे ।