logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार कुटपिटको घटनामा तालिबानले भनेः हामी लज्जित छौं, यस विषयमा ध्यान दिन्छौं


अंकुरण खबर
1.716K
Shares

अफगानिस्तानमा दुई पत्रकारलाई निर्घात रुपमा कुटिएको विषयमा रिपोर्टर विदआउट बोडर्स आरएसएफले चिन्ता व्यक्त गरेको छ।

बीबीसीका अनुसार बुधबार पत्रकार ताकी दरयाबी र फोटोपत्रकार नेमतुल्लाह नकदीमाथि मरसान्न हुनेगरी कुटपिट भएको थियो।

काबुलमा महिला प्रदर्शनकारीको फोटो खिच्ने क्रममा उनीहरुमाथि कुटपिट भएको थियो। आरएसएफका अनुसार गत मंगलबारदेखि बिहीबारसम्ममा २४ पत्रकारलाई तालिबानले हिरासतमा लिएका थिए र छाडिदिएका थिए। सोही बिचमा पत्रकारमाथि कुटपिट भएको हो।

आरएसएफले पत्रकारको विषयमा चिन्ता व्यक्त गरेपछि यस विषयमा तालिबानले प्रतिक्रिया जनाएको छ र आगामी दिनमा त्यस्तो हुन नदिने बताएको छ।

मानवअधिकार उल्लंघन गर्दै पत्रकारलाई हिरासतमा लिएर कुटपिट भएको विषयमा तालिबानका सदस्य अनामुल्लाह समानगनीले यो घटनाले आफूहरु लज्जित भएको र भविष्यमा यस्ता घटना हुन नदिने जनाए।

उनले भनेका छन्,‘केही दिनयता पत्रकारहरु पीडित भएको विषयमा हामी लज्जित छौं। हामी पत्रकारको चुनौती समाधान गर्ने प्रयास गरिरहेका छौं। हामी पत्रकारसँग राम्रो व्यवहार हुने काम गरिरहेका छौं।