केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चुरे क्षेत्रको बालुवा गिट्टी भारतलाई बेच्ने कार्यक्रम शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको छ।
बजेट अध्यादेशमार्फत् सार्वजनिक गरेको गिटी बालुवा निकासी कार्यक्रमलाई अर्थमन्त्री जनार्दन शर्माले खारेज गरेका हुन।
नेपालको जमिन खोतलेर भारतलाई बेची कमिशन लुँड्याउने लक्ष्यसाथ कार्यक्रम ल्याएको भन्दै ओली सरकारको व्यापक विरोध भएको थियो । विरोध थेग्न नसकेपछि ओली सरकारले यो कार्यक्रम सच्याउँने प्रतिवद्धता गरेको थियो। तर, कार्यक्रम नसच्याउँदै ओली पदच्युत भएका थिए।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले आर्थिक अध्यादेश स्वीकृत गरिएको छ।