logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दीर्घ रोगीलाई मासिक ५ हजार भत्ता दिने सरकारको घोषणा


अंकुरण खबर
2.938K
Shares

सकारले दीर्घ रोगीलाइै मासिक रुपमा खर्च रकम दिने भएको छ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्।

क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय सरकारले गरेको हो।

त्यस्तै, परिवर्तनविरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि उनले जानकारी दिए।