पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५ सय ४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४ सय ४ जना गरी ८ लाख ६१ हजार ९ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टाकै अवधिमा १ हजार ६ सय ६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै कोरोना स।क्रमणबाट निको हुनेको संख्या ७ लाख ३६ हजार ६ सय ६६ पुगेको छ।।
यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। योसहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९ सय २४ जना पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल मुलुकभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।