logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने


अंकुरण खबर
806
Shares

प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते (आइतबार) दिनको १ बजे बस्ने भएको छ।

शुक्रबार शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो।

शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेश गरिएको थियो । सरकारले बजेटसम्बन्धी प्रतिस्थापान विधेयक पेश गर्दै ओली सरकारको बजेटलाई परिमार्जनसमेत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरे ।

जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका हुन् ।