आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।
अहिले ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो।
बैठकमा महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुने एजेण्डा छ ।
असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने तय गरेको एमालेले आजको बैठकमा महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज संसदमा पार्टीको भूमिकाका लगाएत आगामी रणनीतिका विषयमा छलफल हुने छ ।
सभामुखले पदीय मर्यादा बिपरीप कार्य गरेको भन्दै एमालेले भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा अवरोध प्रदर्शन गर्दै आएको छ ।