logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण विश्वमा ४६लाख२९ हजार बढीको मृत्यु,२० करोड बढी संक्रमणमुक्त


अंकुरण खबर
1.027K
Shares

कोरोना भाइरसका कारण विश्वभर हालसम्म ४६ लाख २९ हजार ६ सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ८ हजार ९ सय ११ जनाको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सका अनुसार कुल संक्रमितको संख्या २२ करोड ४६ लाख ६ हजार ३९५ पुगेको छ । निको हुनेको संख्या भने २० करोड ११ लाख ३२ हजार ९ सय २० पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८८ लाख ४३ हजार ७ सय ८५ छ । यसमध्ये १ लाख ३ हजार ५ सय ८३ जनाको अवस्था गम्भीर रहेको छ ।

सबै नागरिकले खोप प्राप्त नगरिसकेको अबस्थामा महामारी नियन्त्रणमा आउन अझै समय लाग्ने जनाइएको छ।