नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)कुनै पनि सर्तमा नेपालको हितमा नरहेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एमसीसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उदेश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए । एक हप्ते आन्दोलनका कार्यक्रम अन्तर्गत भदौ २८ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने उनले जानकारी दिए ।
सरकारले एमसीसी पारित गरे इतिहासकै ठूलो अपराध हुने र त्यसको ठुलो मूल्य चुकाउनु पर्ने बताए उनले चेतावनी दिए ।
विश्वकर्माले पहिलेको सरकारसँग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिए ।