पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७ सय ७७ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै यही अवधिमा थप १ हजार ३६८ जना संक्रमण मुक्त भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ । कोरोनाकै कारण हालसम्म १० हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।
हालसम्म ५१ लाख ६० हजार ५ सय २४ जनाले खोपको दुवै मात्रा लगाएका छन् भने ५७ लाख ६९ हजार ३२८ जनाले खोपको पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ।