नेकपा एमालेको विधान महाधिवेशन सरेको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले समय अभाव भएको भन्दै असोजको ४, ५ र ६ गते तोकिएको विधान महाधिवेशन असोज १५, १६ र १७ गतेका लागि सरेको हो ।
विधान महाधिवेशनमा देशैभरबाट पार्टीका विभिन्न कमिटी तथा निकायबाट करिब ३ हजार प्रतिनिधिले भाग लिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
उनका अनुसार विधान महाधिवेशनका लागि असोज ३ र ४ गते स्थायी समिति बैठक बस्ने छ । उक्त बैठकमा विधान मस्यौदा, राजनीति र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
शनिबारको बैठकले कुन कुन तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको भट्टराईको भनाई छ ।
जुन निम्नानुसार छन् :
१ः केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
२ः अनुशासन आयोगका पदाधिकारी र सदस्य
३ः लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
४ः निर्वाचन आयोगका पदाधिकारी र सदस्य
५ः केन्द्रीय विभागका सचिवसहित १५ सदस्य
६ः सल्लाहकार परिषदका पदाधिकारी र सदस्य
७ः जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य
८ः प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
९ः विशेष कमिटीका पदाधिकारी र सदस्य
१०ः जिल्ला कमिटीका पदाधिकारी र सदस्य
११ः निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य
१२ः जनसंगठनका पदाधिकारीमध्येबाट १० जना
१३ः पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
१४ः पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
१५ः एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
१६ः एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित