logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

संसद् बैठक आज पनि जारी, बिरोध गर्ने एमालेको रणनीति


अंकुरण खबर
1.469K
Shares

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची छ ।

सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो पटक आज संसद् बैठक बस्न लागेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी पुरा नगरेको एमाले फुटाउन सहयोग गरेको आरोप लगाउँदै आज पनि एमालेले बिरोध गर्ने बताएको छ । पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमालेले बिरोध गरेको हो।

शुक्रबार सरकारले एमालेको अबरोधलाई कुनै प्रवाहनै नगरी प्रतिस्थापन विधेयक ल्याएको भन्दै संसदमा ठुलो हंगामा भएको थियो । सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न नदिने एमालेको जीकिर छ ।