सत्तारुढ गठबन्धनको बैठक आज (आइतबार) बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे बैठक बस्न लागेको हो । बैठकमा मन्त्रिपरिषद विस्तार वर्तमान राजनीति लगाएतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको काम कारबाही प्रति रुष्ट हुँदै लगतार संसदमा बरोध गर्दै आएको छ । यो समस्याको समधान गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा पनि बैठकमा छलफल हुने छ।