आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ ।
गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो ।
आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै यता चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।