logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पञ्चमी पूजाबाट हराएकी तीन वर्षीय बालिका मृत फेला


अंकुरण खबर
923
Shares

गुल्मीमा शनिवार बिहान ११ बजे हजुरआमासँगै पञ्चमी पूजामा गई हराएकी तीन वर्षकी बालिका मृत फेला परेकी छन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीकी ३ बर्षकी आयुषा पोखरेल घरदेखि करिब ५०० मिटर नजिकैको झाडीमा मृत अवस्थामा आइतबार बिहान फेला परेकी हुन् ।

घटनास्थलमा अहिले प्रहरी निरीक्षकसहितको टोली पुगेको र घटनाको अवस्था  हेर्दा जङ्गली जनावरले चिथोरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।