logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

सीसीएमसीको बैठक बस्दै, पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्ने


अंकुरण खबर
767
Shares

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ ।

काठमाडौं उपत्यकामा पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको हो ।

काठमाडौं उपत्यकामा अघिल्लो साता मात्र निषेधाज्ञा हटाइएको छ । निषेधाज्ञा हटाएपछिको कोरोना संक्रमणदर समीक्षा गर्न सीसीएमसीको बैठक बस्न लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

सीसीएमसीको समीक्षापछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने बताइएको छ ।