एमालेको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
प्रमुख विपक्षी नेकपा एमालेले संसद् बैठक शुरु हुनासाथ अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरे । १५ मिनेटपछि दोस्रोपटक बसेको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।
सभामुख सापकोटाले पटक पटक बैठक सञ्चालन हुने वातावरण बनाउनको लागि आग्रह गरे पनि प्रतिपक्षी सांसदहरुले नाराबाजी जारी नै राखेका थिए ।
आफूले विधि र विधान अनुसार नै संसद चलाउदै आएको दाबी गर्दै सभामुख सापकोटाले संसदीय मर्यादा नभुल्न विपक्षी सांसदहरुलाई आग्रह गरेका थिए ।