प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल एमालेको भएको स्पष्ट पारेका छन्।
आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा उनलाई सञ्चारकर्मीसँग बोल्दै यस्तो बताएका हुन्।
‘यसरी कतिन्जेल संसद चल्छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री देउवाले यसको उत्तर केपी ओलीलाई सोध्न सुझाएका थिए।
आइतबार प्रतिनिधिसभाका दुइवटै बैठक एमाले सांसदहरुको अवरोधका कारण स्थगित भए।
पार्टीले माधव नेपाललगायत १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले लगातार संसद बैठक अवरोध गर्दै आइरहेको छ।
उनीहरूले सभामुख सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगर्दा एमाले विभाजनमा गएको आरोप लगाउँदै आएका छन्।
तर संसदमा देखापरेको अवरोध अन्त्यका लागि सभामुख सापकोटाले आइतबार आफ्नो कार्यकक्षमा एमाले संसदीय दलका प्रमुख सचेतक, सतेतकलगाउतसँग छलफल गरे पनि सकारात्मक निष्कर्ष आउन सकेन।