logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कार गरेको आरोपमा चोभारबाट भारतीय नागरिक पक्राउ 


अंकुरण खबर
871
Shares

बालिका बलात्कार गरेको आरोपमा चोभारबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कीर्तिपुर नगरपालिका-६ चोभार डेरा गरी बस्ने भारत बिहार घर भएका ४५ वर्षीय महमद अमिर उललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उलले ती बालिकालाई जरबजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।