logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा जिप दुर्घटना : एक जनाको मृत्यु, ९ जना घाइते


अंकुरण खबर
1.313K
Shares

ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाको मितेरीभञ्ज्याङ नजिकै आज दिउँसो जिप दुर्घटना भएको छ  ।

दुर्घटनामा परि एकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बारा जिल्ला ठेगाना भएका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घटनामा घाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा २ का चालक वर्ष ३० का केशव कटवाल, काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं ११ का वर्ष ३८ का मानकाजी तामाङ, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं १ मोलीका वर्ष २६ का टेक बहादुर योगी, योगीका श्रीमती वर्ष २० को हिरामाया योगी घाईते भएका छन् ।

त्यसैगरी, घाईते हुनेहरुमा रामेछाप जिल्ला वेतालीका वर्ष २८ की राधिका योगी, उनका छोरा वर्ष १२ का अभिषेक योगी, वर्ष ४ का निरज योगी, वर्ष १ की छोरी अनुषा योगी र लिखु गाउँपालिका वडा नं ३ नर्मदेश्वरका वर्ष १० का प्रभात गिरी रहेका छन् ।

जिल्लाको निशंखेबाट काठमाडौं जाँदै गरेको १० जना सवार बा ११ च ५२१० नम्बरको जिपमा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए  ।

उनका अनुसार घाइतेहरुको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि चारजनालाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको र बाँकी ५ जनाको अवस्था गम्भीर भएका कारण हेलिकोप्टर मार्फत काडमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।