logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान


अंकुरण खबर
1.443K
Shares

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्  ।

सभामुख सापकोटाले सोमबार साढे २ बजेका लागि संसदको ल्होत्से हलमा बैठक आह्वान गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुख सापकोटाले आइतबार एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए । तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।

सहमतिमा ल्याउने आजको प्रयास असफल भएपछि सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।