मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले एमसीसी नेपालकै आग्रहमा आएको बताएकी छन ।
हाल नेपाल भ्रमणमा रहेकी उनले शिर्ष नेताहरुसँगको भेटघाटपछि आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले अनुमोदन नगर्दासम्म कार्यान्वयनमा नआउने बताएकी हुन् ।
यो सम्झौता भएपछि नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उनले उल्लेख गरिन् ।
पत्रकारहरुसँग उनले भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ।’