logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२० हुथी विद्रोहीको ज्यान जाने गरी पुनः यमनमा हवाई आक्रमण


अंकुरण खबर
767
Shares

यमनमा हवाई हमला हुँदा कम्तीमा २० हुथी लडाकूको मृत्यु भएको छ ।

साउदी नेतृत्वले मारिब प्रान्तमा हुथी विद्रोहीलाई लक्षित गरी गरेको हमलामा २० बिद्रोही मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हवाई हमलाले शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना बनाएको र चारवटा पिकअप गाडीमा रहेका २० भन्दा बढी लडाकूको मृत्यु भएको जनाइएको छ ।

इरान समर्थित हुथी सैन्य लडाकू गत हप्ता सरकारी फौजसँगको उत्तेजक लडाइँपछि हुथी विद्रोहीहरू राहाबा जिल्लाको मध्य शहर अल–कुलामा प्रवेश गरेका थिए ।