आजबाट आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँनेछ ।
नेपाल,ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज प्रतियोगितामा आज नेपालले अमेरिकासंग खेल्दै छ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न ४:१५ बजेबाट सुरु हुनेछ ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने तर उच्च मनोबालका साथ खेल्ने जनाएका छन् । भर्खरै सम्पन्न दुई मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीलाई नेपालले हराए पछि निकै उत्साहित बनेको छ । त्यस्तै लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई नेपालले दुबै खेलमा पराजीत गरेको थियो । त्यसअघि फेब्रुअरी ८ को खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो ।
यद्यपी सोही सिरिजमा ओमानसँगको खेलमा नेपाल पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।
नेपालले दोस्रो खेलमा भोलि मंगलबार ओमानसँग खेल्नेछ । तेस्रो खेल अमेरिकासँग शुक्रबार हुनेछ भने अन्तिम खेल ओमानसँग आइतबार हुनेछ ।