आज इजरायल जान चाहने श्रमिक छनोटका लागि भाषा परीक्षा हुँदैछ ।
दिउँसो १ बजेदेखि एक घण्टा काठमाडौँका विभिन्न ११ वटा केन्द्रमा परीक्षा सञ्चालन हुने छ । वैदेशिक रोजगार विभागका अनुसार परीक्षामा ७ हजार ९ जना परीक्षार्थी सहभागी हुनेछन् ।
साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको हो ।
इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको परीक्षामा ८० पूर्णाङ्क अंग्रेजी हुने छ । जसमा ४० ल्याए पास हुनेछ । बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अंक छुट्टाइएको छ ।
विभागका अनुसार परीक्षामा सहभागी हुनेहरूका लागि प्रवेशपत्र यस अघिनै इमेलमार्फत पठाई सकेको छ ।
यी ठाउँमा परीक्षा केन्द्र
कलंकीमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार स्कुल, नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज तथा नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वर सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, वसुन्धराको साउथ वेस्टर्न कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेशनल कलेज ।