logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

संसदको गतिरोध अन्त्यका लागि सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, शीर्ष नेता सबैलाई निम्तो


अंकुरण खबर
1.144K
Shares

संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएका छन् ।

आज दिउँसो २ः३० बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सभामुख सापकोटाले  बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजावादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेन लगाएत शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै लगातार संसदमा अवरोध पर्दशन गर्दै आएको छ ।

आजको बैठकले संसदमा जारी गतिरोध अन्त्य गर्ने विश्वास लिइएको छ ।