logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ सांसदमाथि कारबाही कार्यान्वयनको मागसहितको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ


अंकुरण खबर
767
Shares

माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सुनुवाइ गर्न लागेको हो। एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गरेका छन् । त्यसमध्ये दुई वटा रिटमा आज सुनुवाइ हुन लागेको हो।

एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख अग्नि सापकोटाविरूद्ध रिट हालेका थिए । उक्त रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुबै पक्षलाई छलफलका लागि बोलाएका थिए ।

लुम्बिनी प्रदेशका २ सांसदलाई कारबाही गरिएकोमा प्रदेश सभामुखले नगरेको भन्दै दिएको तेस्रो रिटमा पनि सर्वोच्च अदालतले भदौ २८ लाई नै अन्तरिम आदेशका लागि छलफलका लागि झिकाएको छ।