अर्थ

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर आज १२ सयमा कारोबार भएको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ९५ रहेको थियो ।

Comment here