logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेतृत्वको नेकपाले निकाल्यो एमसिसीविरुद्ध र्‍याली


अंकुरण खबर
1.222K
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (सोमबार) काठमाडौंमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध  प्रदर्शन गरेको छ।

आज गरिएको प्रदर्शनका सहभागीहरूले एमसिसी नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नाराबाजी गरेका हुन ।

उनीहरूले एमसीसीसँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ’, ‘एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो’, लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा महासचिव विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्तप्रकाश वलीलगायत नेताहरुसमेत सहभागी भएका छन्।

अमेरिका र नेपाल सरकारबीच सन् २०१७ मा एमसिसी सम्झौता भएको हो। नेपालको सांसदबाट पारित नभएसम्म यो सम्झौता लागु हुन सक्दैन।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि एमसिसी सम्झौता गरिएको भए पनि अन्य विभिन्न तरिकाले यसबारे विश्लेषण भइरहेकाले जनस्तरमा यसको व्यापक विरोध भइरहेको छ।