logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एमसीसी कुनै हालतमा पारित गर्न दिदैनौं : विप्लव


अंकुरण खबर
1.001K
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले एमसीसीका विरुद्ध लड्न युवाहरुलाई आवह्वान गरेका छन।

एमसीसी विरुद्ध आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा विप्लवले राष्ट्रप्रेमीहरु एकजुट भएर लड्नु पर्ने बेला आएको बताए।

विप्लवले भने, ‘नसामा तातो रगत भएका मान्छेहरु लड्नु पर्छ, कायरहरु झुक्ने छन।’

एमसीसी विरुद्ध आज आयोजित विरोध कार्यक्रम झिल्को मात्रै भएको भन्दै उनले भने, ‘आजको दिनमा एमसीसीको विरोधमा देखिएको यो झिल्को मात्रै हो। यदि जर्बजस्त पारित गर्न खोजियो भने यो झिल्को राँको बन्नेछ।’

विप्लवले एमसीसी नीति प्रयोगद्वारा नेपालका भूभागहरु आफ्नो अधिनमा लिने रणनीति अमेरिकाको रहेको दाबी गरे।

एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको बताउँदै विप्लवले कुनैपनि हालतमा लागू हुन नदिने बताए।