सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ ।
अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको हो ।
संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले अनुपस्थित भएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् ।
बैठकमा नेताहरुले सभामुखलाई पुन: प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए ।