logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

बाँकेमा लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ


अंकुरण खबर
884
Shares

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ स्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ गढुवा गाउँपालिका–६ बस्ने २५ वर्षीय करन मल्ल र दाङ लमही नगरपालिका-५ बस्ने २५ वर्षीय तिमथी रानामगर रहेका छन्।

जमुनाह चेक प्वाइन्टमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।