logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना


अंकुरण खबर
754
Shares

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।

पानी पार्ने प्रणाली खासै नभएकाले केही दिन ठूलो पानी नपर्ने मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार आज दिउँसो र बेलुका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उनले बताइन् । ठूलो पानी नपरे पनि जमिन गलेका भिरालो जमिनमा सुक्खा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुने पनि बताएका छन् ।