नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने उनले बताए ।
सत्तारूढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।