logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले स्वीकृत


अंकुरण खबर
1.027K
Shares

एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे ।

विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै ४ असोजसम्मका लागि बैठक स्थगित गरिएको छ ।