logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि अवरूद्ध


अंकुरण खबर
1.196K
Shares

मंगलबार बिहानैदेखि कर्णाली राजमार्ग अवरूद्ध भएको छ।

सुर्खेत-जुम्ला सडकखण्ड अन्तर्गत राजमार्गको दैलेख क्षेत्रमा पहिरो खस्दा बिहानैदेखि राजमार्ग अवरूद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–७ चिसा खोलानजिक पहिरो खस्दा राजगमार्ग अवरूद्ध भएको हो।

बिहानैदेखि राजमार्ग खुलाउने प्रयास भए पनि सफल नभएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए। तल खसेको पहिरा हटाए पनि माथिबाट फेरि आइहाल्ने रहेछ, यसले गर्दा खुलाउनै मुस्किल भएको छ,’ उनले भने।

कर्णाली राजमार्ग अवरूद्ध भएपछि दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला तथा अछाम जाने तथा त्यताबाट आउने सयौं यात्रुहरू अलपत्र परेका छन्।