असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले प्रस्ताव गरेको छ ।
विभागले यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल गर्दै असोज ८ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।
विभागका महानिर्देशक नमराज घिमिरेले दशैंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए । प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा पनि यसबारे छलफल भएको उनको भनाई छ ।
उनले दशैंमा सुरक्षित तवरले यात्रुलाई घरसम्म पुर्याउन फेरि छलफल गरेर बुकिङ शुरु हुने मिति टुंग्याउने बताए ।