पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् भने थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा ४०४ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंका २९४ जना, ललितपुरका ६२ जना र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।