logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनगणनाका लागि आजबाट घर तथा परिवारको सूचीकरण गरिँदै


अंकुरण खबर
1.326K
Shares

राष्ट्रिय जनगणनाका लागि आजबाट घर तथा घरपरिवारको सूचीकरण गरिने भएको छ।

आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुँदै छ। त्यसका लागि सरकारले घर तथा घरपरिवार सूचीकरणको काम सुरु गर्न लागेको हो।

सबै तयारी पूरा भएको र आजबाट काम सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यसका लागि सुपरिवेक्षण तालिम दिइसकिएको छ।

कोरोना भाइरसको महामारीका कारण यसअघि जनगणना स्थगित गरिएको थियो। संक्रमण कम हुन थालेपछि जनगणनाको काम सुरु गर्न लागिएको हो।

यो १२औं जनगणना हो। नेपालमा वि.सं. १९६८ देखि जनगणना सुरु भएको थियो।