logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले मुग्लिन-नौबिसे सडक अवरुद्ध


अंकुरण खबर
1.183K
Shares

पहिरोका कारण मुग्लिन-नौबिसे सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान २ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेको छ। पहिरोले सडक अवरुद्ध भएको हो।

अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए। पहिरो पन्छाउन केही समय लाग्ने उनको भनाइ छ।