logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोलामा बेपत्ता बालिकाको आठ दिनपछि भेटियो शव


अंकुरण खबर
832
Shares

हेंवाखोलामा बगेर बेपत्ता भएकी बालिकाको आठ दिनपछि शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचल बेपत्ता भएकी थिइन्। उनको शव फेला परेको प्रहरीले जनाएको छ।

बालिका वेपत्ता भएको स्थानबाट करिब एक सय मिटर तल पुलको मुनि चेपमा बालिकको शव भेटिएको हो। स्थानीय बासिन्दाले खोजि गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए।