Breaking Newsराजनीति

एमाले अध्यक्ष ओली बुधबार बुटवल जाने भएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवल जाने भएका छन।

पार्टी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बुटवल जान लागेका हुन । पछिल्लो समय देश दौडाहामा लागेका ओली मंगलबार गृह जिल्ला झापामा आयोजित पार्टीको भेलामा सहभागी हुन पुगेका थिए ।

एमाले अध्यक्ष ओली आउने भएपछि लुम्बिनी प्रदेश सभा बैठक पनि स्थगित भएको छ ।

एमाले संसदीय दलले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त हुने जानकारी गराएपछि प्रदेशसभा एक दिनलाई बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले बताए ।

Comment here