पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–नौबीसे सडक सञ्चालनमा आएको छ।
गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले सञ्चालनमा आएको हो । दुईतर्फी नै यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडक खुलेसँगै दुईतर्फी सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।