नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।
आज छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।