logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १७६० नयाँ संक्रमित थपिँदा १२२० जना संक्रमणमुक्त, ७ जनाको मृत्यु


अंकुरण खबर
663
Shares

पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको हो ।

आज १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, आज काठमाडौंमा ३६० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको छ ।