पर्सामा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
सन्दीप दासको ठाउँमा २० वर्षीय रामचन्द्र दास परीक्षा दिन आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । परीक्षा हलमा रामचन्द्रलाई अरू विद्यार्थीले नचिनेपछि प्रहरीलाई खबर भएको थियो ।
बुधबारदेखि कक्षा १२ को परीक्षा सुरू भएको छ ।