logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

आज अधिकांश स्थानमा वर्षा हुने, अझै केहिदिन मौसम बदली रहने


अंकुरण खबर
884
Shares

आज मौसम सामान्यदेखि पूर्ण बदली हुँदा देशैभर हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले भारतको मध्यप्रदेश आसपासमा रहेको न्युन चापीय क्षेत्रको प्रभावले नेपालमा अझै केहि दिन वर्षाको संभावना रहेको छ ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकामा मौसम बदली रहदा हल्का पानी पर्नुका साथै दिनभर घाम नलाग्ने छ । त्यस्तै लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षा हुने छ भने बाँकी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती पनि देशका विभिन्न ठाँउमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

भोली दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै पर्सि दिउँसो पनि देशका विभिन्न स्थानमा मेघ गर्जन चट्याङ्ग सहित वर्षाको संभावना रहेको छ । राति पनि आंशिकदेखि पूर्ण बदली रहि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाका कारण पहाडी भू भागमा पहिरो र नदीनाला आसपासमा बाढीको खतरा रहेकाले सतर्क रहन महाशाखाले सबैलाई आग्रह गरेको छ ।