चीनसँग खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्य बाँकी ४४ लाख डोज खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीनतर्फ जाँदै छ ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ ।
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ पौने ६ बजे बेइजिङ तर्फ जाने छ ।
आज बेइजिङका लागि जाने विमानले भोली बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ ।